अमेरिकामा कोरोना महामारी उस्तै, ८८ हजार ९ सय नाघे मृतक
lokpath.com · Sat May 16 17:38:59 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण ३ लाख १० हजार ६ सय १६ जना मानिसको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ४६ लाख १ हजार ६ सय ६२ जनामा कोरोना संक्रमण देखिएको र संक्रमित मध्ये ४४ हजार ८ सय ३१ ज्नाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने १७ लाख ९० हजार ५ सय ६ जान मानिस उपचारपछि निको भएर घर फर्किएका छन् ।
संयुक्त राज्य अमेरिकामा कोरोनाको असर बढी देखिएको छ । हालसम्म अमेरिकामा कोरोनाको कारण ८८ हजार ९ सय ३० जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा ९ हजार ४ सय ९ जना संक्रमित थपिएसँगै १४ लाख ९३ हजार ६ सय ९४ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । बितेको २४ घण्टामा मात्र अमेरिकामा कोरोनाको कारण ४ सय २३ जनाको ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)