मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अर्जेन्टिनालाई हराएको उपलक्ष्यमा साउदी अरेबियामा भोलि सार्वजनिक बिदा

ekagaj.com · Tue Nov 22 17:56:35 GMT 2022

रियाद – कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरेबिया सरकारले बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । विश्वकपको उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई हराएपछि साउदी अरेबिया सरकारले सबै कामदार तथा विद्यार्थीलाई विश्वकप जितको उत्सव मनाउन छुट्टि दिएको हो।

साउदी राजा सलमानले राष्ट्रिय बिदा मनाउन राजकुमार मोहम्मद बिन सलमानले गरेको प्रस्तावलाई मंगलबार नै अनुमोदन गरेको त्यहाँका सन्चार माध्यमले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)