मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपेक्षा र सम्भावनाबीच देउवाको भारत भ्रमण

rajdhanidaily.com · Tue Jan 04 23:14:39 GMT 2022

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री शेरबहादुर देउवा यही पुस २५ गते छिमेकी देश भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डा’bout आवश्यक तयारी भइरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सत्ताधारी नेपाली कांगे्रसका सभापति पनि हुन् । पार्टीको राष्ट्रिय महाधिवेशनबाट भर्खरै निर्वाचित उनले दक्षिणी छिमेकी भारतका राजनीतिक दलसित पनि सुमधुर सम्बन्ध बनाउने प्रयास गर्ने छन् । उनको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै विगतमा समझौता भइसकेका विषयको द्रुत कार्यान्वयन’bout पनि छलफल हुने सम्भावना रहेको छ । दुई देशको हितसित सम्बन्धित केही नयाँ सम्झौता पनि हुन सक्छ ।

प्रधानमन्त्री देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको गाँधीनगरमा २५ देखि २८ पुससम्म हुन लागेको ‘भाइब्रेन्ट गुजरात’ ग्लोबल समिटमा भाग लिन जान लागेका हुन् । मोदी गुजरातको मुख्यमन्त्री हुँदा सन् २००३ मा उक्त समिटको अवधारणा अघि सारिएको थियो । हरेक दुई वर्षमा यो समिट हुँदै आएको छ । यसपटक समिटको नारा ‘आत्मनिर्भर गुजरातदेखि आत्मनिर्भर भारत’ दिइएको छ । यो समिटमा विभिन्न देशका प्रभावशाली व्यक्तिको उपस्थिति रहने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)