नेकपाको झगडा : दुखद् तर स्वभाविक
nepallive.com · Tue Jul 07 17:28:00 UTC 2020
कामरेड केपी शर्मा ओली राष्ट्रवादलाई खुड्किलो बनाएर राजनीतिको शिखरमा पुगे तर त्यहाँ अडिरहन भने सकेनन्। राजनीतिक साख गिर्नुमा उनले अख्तियार गरेको मनभेदको राजनीतिले ठूलो भूमिका खेल्यो। अप्ठ्यारो अवस्थामा ओलीले फेरि राष्ट्रवादको कार्ड त फाले तर नेकपाको द्वन्द्व चरमोत्कर्षमा पुगेको बेला यो कार्डले काम गरेन।
राष्ट्रवादको आधार देश, काल र परिस्थितिअनुसार फरकफरक हुन सक्छ। राष्ट्रवादको भाष्य निर्माण नै राजनीतिक शक्ति आर्जन गर्नका निम्ति गरिएको हो। यसमा झुट र भ्रमको खेती राम्रै हुन्छ। राष्ट्रवादको कार्ड जनताको समर्थन बटुल्न अचुक अस्त्र देखिएको छ। तर यसले व्यवहारमै परिवर्तन भने बिरलै ल्याउँछ। यसलाई नेपाल मात्र होइन, भारत र अमेरिकामा पछिल्ला वर्षहरुमा विकसित घटनाहरुले प्रमाणित गरिसकेका छन्। अमेरिकामा ट्रम्पले अंगीकार गरेको गोराहरूको अधिपत्यवादी राष्ट्रवाद होस् वा भारतमा मोदीले अंगीकार गरेको हिन्दूवादी राष्ट्रवाद नै किन नहोस्, जनताको आवधिक अनुमोदन लिन राष्ट्रवाद प्रभावकारी सावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)