यी गुण थाहा पाएपछि तपाईंले ज्वानो कसरी भुल्नुहोला ?
lokaantar.com · Thu Nov 19 17:35:00 UTC 2020
काठमाडौं – मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो भने या औषधीकै रूपमा मात्र प्रयोग गर्ने हो भने हाम्रो जीवन स्वस्थ्य रहनेछ ।
भान्छामा सहजै पाइने ज्वानो एक प्रकारको औषधी नै हो । ज्वानोलाई पेट दुखेको औषधीका रूपमा बढी चर्चा गरिन्छ । पेट दुखेको बेला ज्वानोको दाना चपाएर खाए पेट दुखेको निको हुन्छ । ज्वानोको गेडामात्र नभएर तेल, फूल र बोटबिरुवालाई समेत विभिन्न रोगमा औषधीका रूपमा प्रयोग गरिन्छ । मसिना किराहरूलाई घरबाट भगाउन समेत यसको प्रयोग गर्न सकिन्छ । कानको दर्द, दाँतको दुखाई र रुघाखोकी, मुटुका समस्या, जोर्नीका समस्या र नाक बन्द हुँदा समेत यो अति प्रभावकारी हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)