राजावादीको आन्दोलनप्रति गगन थापा किन नरम ? ओली निरिह (भिडियोसहित)
reportersnepal.com · Wed Dec 09 16:30:44 UTC 2020
मंसिर २४, काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले गणतन्त्रको जग कमजोर नभएकाले राजावादीको आन्दोलनप्रति आत्तिनु नपर्ने बताएका छन् । प्राइम टाइम्न टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै थापाले केही हजार मान्छे सडकमा आउँदैमा अहिलेको व्यवस्था ढल्न नसक्ने बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाह फेरी राजा बन्ने सम्भावना नरहेको उनले बताए । गणतन्त्र कमजोर नभएकाले त्यस्तो सम्भावना नरहेको उनको भनाई छ । प्रधानमन्त्री कायर भएकाले राजावादीहरु सलबलाएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)