क्वारेन्टाइन नै हुन् अब महामारीविरुद्ध युद्ध लड्ने किल्ला
dekhapadhi.com · Tue Jun 02 17:41:00 UTC 2020
नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंले बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अनुसारको ‘लक्ष्मण रेखा’ पार भएको ठहर गर्दै पहिलो चरणको स्वास्थ्य तयारीले थेग्न नसक्ने निचोडमा पुगेको छ र देशमा स्वास्थ्य आपत्काल घोषणाको तयारीमा जुटेको छ। यो तयारीको अर्थ अब सम्भावित संक्रमितहरूको पहिचानका लागि परीक्षण र संक्रमण पुष्टि भइसकेकाहरूको उपचार गर्न उपलब्ध सबै स्रोत र साधन परिचालन गर्ने भन्ने हो।
तर, सरकार स्वयंको आकलनअनुसार एउटा लक्ष्मणरेखा पार भइसकेपछि अवलम्बन गर्न लागिएको यो अवधारणा मूलतः संक्रमित व्यक्तिहरूको जीवन जोगाउन गरिने उपचारमा केन्द्रित हुनेछ। राज्यको सम्पूर्ण ध्यान र प्रमुख स्रोत कोभिड–१९ का सम्भावित संक्रमितको पहिचान र संक्रमित भइसकेकाको जीवनरक्षामा केन्द्रित हुँदा अर्को महत्वपूर्ण पाटो यसको फैलावट रोकथामको अझ महत्वपूर्ण सवाल ओझेलमा पर्ने खतरा पनि सँगसँगै देखापरेको छ। यो सम्भावित संक्रमितहरूलाई राखिने क्वारेन्टाइनको कुरा हो।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)