रायमाझीले छाडे प्रचण्डको साथ, दाहाल-नेपालबाट ओलीलाई ११ जनाको साथ रहने दाबी !
reportersnepal.com · Thu Jul 02 17:31:47 UTC 2020
काठमाडौं, १८ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग भएसँगै पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ स्वयमले पार्टी गम्भिर संकटको मोडमा उभिएको टिप्पणी गरेसँगै नेकपाभित्र कति विवाद छ ? भन्ने कुरा प्रष्टै हुन्छ । गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटीको पाँचौ बैठकको पहिलो दिनमै अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका थिए ।
बैठकमा अहिलेसम्म बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका छन् । तर, प्रधानमन्त्री ओली भने कुनैपनि हालतमा राजीनामा नदिने अडानमा छन् । यही अडानका बीच प्रधानमन्त्री ओलीले आज संसदको बजेट अधिवेशन अन्त्य गर्नको लागि मन्त्रिपरिषदको बैठक द्रुत गतिमा सम्पन्न गरेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेका थिए । उक्त मन्त्रिपरिषद बैठकमा पूर्व माओवादी केन्द्र खेमाका स्थायी समिति सदस्य रहेका मन्त्रीहरुको समेत सहभागिता थिएन् । मन्त्रिपरिषद बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)