गृहमन्त्रीमा आफूलाई पुनः नियुक्त गर्न प्रधानमन्त्रीसँग रविको आग्रह
ekagaj.com · Sun Jan 29 16:37:43 GMT 2023
काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफूलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । आज दाहालसँग भेटेर लामिछानेले गृहमन्त्रीमा फर्कने चाहना रहेको बताएका हुन् ।
रविले आफ्नो नागरिकताको विवाद सकिएको र राहदानीको छानबिन पनि सकिने हुनाले नियुक्त गर्न दाहाललाई भनेका थिए । स्रोतका अनुसार रविले उपनिर्वाचनमा पनि चितवन २ बाट आफूले जित्ने हुँदा कुनै अप्ठ्यारो नपर्ने तर्क गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)