सुरक्षा परिषद्को बैठकमा कोभिड संकटबारे छलफल
ekantipur.com · Wed Oct 21 17:36:00 UTC 2020
काठमाडौँ — राष्ट्रिय सुरक्षा परिषद्को बैठक बुधबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकमा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, कोभिड–१९ को संकट, मुुलुकको अन्य सुरक्षा अवस्थालगायत विषयमा छलफल भएको उच्च सुरक्षा स्रोतले बतायो ।
बैठकमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, मुख्यसचिव शंकरदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापाको उपस्थिति रहेको थियो । हालै रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएका उपप्रधानमन्त्री ईश्वर पोखरेल भने बैठकमा आमन्त्रित सदस्यका रूपमा उपस्थित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)