कोभिड–१९ रोकथाममा खटिएका चिकित्सक भन्छन्– हामी आफैं चनाखो छौं, किन डराउने ?
rajdhanidaily.com · Wed Apr 29 18:10:27 UTC 2020
काठमाडौं । कोभिड–१९ रोकथाममा सक्रिय चिकित्सकले आफू सचेत हुँदै संक्रमितको उपचारमा खटिएको बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले आफूहरू सतर्क रहेर उपचारमा खटिएको बताए । उनले भने, ‘हामी आफैं चनाखो छौं । सर्जिकल मास्क लगाएर काम गरिरहेका छौं ।’
कोरोना संक्रमितको उपचारका लागि फ्रन्ट लाइनमा खटिएका टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले आफूले शारीरिक दूरी कायम गरेको बताए । उनले भने, ‘मैले शारीरिक दूरी कायम गर्दै आएको छु । बुबाआमा र परीवारका सदस्यबाट टाढा बस्छु । यो कहिलेसम्म हो, अझै भन्न सकिँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)