सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाण्डौँ आइपुग्यो (भिडियो सहित)
livemandu.com · Sun Feb 21 18:06:12 UTC 2021
नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग खरिद गरेको कोरोनोभाइरसको असरविरुद्ध प्रयोग हुने कोभिशील्ड खोपको १० लाख डोज आइतवार अपराह्ण एयर इन्डिया दिल्लीको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । यो ‘भाइरल भेक्टर’ खोपको प्रकार हो।
यस अघि भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज खोप आइसकेको थियो । त्यस खोपलाई नेपाल सरकारले कोरोना संक्रमणकालभर अग्रपंक्तीमा खटिने स्वास्थ्यकर्मी, सेना, प्रहरी, सशस्त्र प्रहरी, सरसफाईकर्मी, संचारकर्मीहरुलाई प्राथमिकतामा राखी पहिलो तथा दोश्रो चरणको टिकाकरण कार्यक्रम गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)