तपोवनबाट ‘लकडाउन दुनियाँ’ हेर्दा
livemandu.com · Tue Aug 25 18:15:19 UTC 2020
“विश्वमा भइरहको सैनिक खर्चमा प्रत्येक वर्ष कम्तीमा पनि १० प्रतिशत कटौती गर्नुपर्छ, लागू पदार्थ तथा अल्कोहलमा हुने खर्च घटाउनु पर्छ । अत्यावश्यक कुरामा गरिने खर्चलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ । अनावश्यक औषधी, कस्मेटिक आदिमा खर्च कटौती गरेर खाद्यान्न उत्पादनमा लागानी गर्नु पर्छ ।” -स्वामी आनन्द अरुण
काठमाण्डौ, १० भाद्र, २०७७ । तपोवनमा मानिसहरु वर्षौदेखि ध्यान र शान्तिपूर्ण जीवन दर्शन सिक्न आइरहेका छन् । मानसिक र भावनात्मक समस्याबाट गुज्रिरहका हजारौं मानिसहरुको जीवनमा आशा जगाएको छ । ओशो तपोवनको यस तपमा सँधै गुञ्जायमान एउटा नेतृत्व हो, स्वामी आनन्द अरुण । कोरोना पछिको विश्वमा धेरै कुराहरु परिवर्तन हुने क्रममा छन् । तर तपोवनको आन्तरिक जीवनशैलीमा कुनै परिवर्तन छैन । साधना चलिरहेका छन् । तर बाहिरबाट मानिसहरु आउने क्रम भने बन्द छ । तपोवनले सदासर्वदा मान्छेहरुलाई आफूभित्र हेर्न सिकाएको छ, ओशोका वाणी अनि दर्शनहरुलाई व्यवहारिक आजको जीवनशैलीको सापेक्षमा राखेर पूर्नपरिभाषित गरेको छ । यसपटक पनि यसै भइरहेकै छ, ध्यान, साधना र प्रवचनका कार्यक्रमहरु चलिरहेका छन् नयाँ स्वरुपमा – भर्चुअल तवरबाट । स्वामी आनन्द अरुण त्यहिबाट भर्चुअल माध्यमबाटै पनि संसार भर रहेका मानिसलाई योग, ध्यान, जीवनदर्शनका कुरा सिकाउँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)