अलपत्र नेपालीलाई स्वदेश ल्याउन यस्तो छ सरकारको तयारी, दैनिक १० ओटासम्म उडान
rajdhanidaily.com · Mon Jun 01 18:07:48 UTC 2020
काठमाडौं । सरकारले अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको छ । यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनदेखि सम्पूर्ण स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप बलियो बनाएको छ ।
विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले विदेशबाट आउनेमा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै विमानस्थलको स्वास्थ्य सुरक्षा प्रबन्ध थप मजबुत बनाइएको बताए । उनले लकडाउनका बेला विमानस्थल व्यवस्थापनका लागि निरन्तर काम भइरहेको जानकारी दिँदै अहिले सामाजिक दूरी कायम गरी हवाई उडान सञ्चालनका लागि विभिन्न ठाउँमा मार्किङ र सरसफाइलगायत सबै तयारी पूरा भएको बताए । विमानस्थल कार्यालयले पनि विमानस्थल सरसफाइ एवं व्यवस्थापनलाई तीव्रता दिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)