बेलायतका हस्पिटलमा संक्रमण यताकै बढी चाप
ratopati.com
लन्डन । बेलायतका हस्पिटलमा संक्रमितको संख्या संक्रमण सुरु भएयाताकै सबै भन्दा उच्च पुगेको छ । गत अप्रिलमा कोरोना संक्रमण पिकमा पुगेको बेला हस्पिटल भर्ना भएका संक्रमितको संख्या १८ हजार ९२१ पुगेको थियो । बिहीबार साँझसम्ममा बेलायतका हस्पिटलमा भर्ना हुनेको संख्या २१ हजार २८६ पुगेको नेशनल हेल्थ सर्भिस (एन एच एस) ले जनाएको छ ।
पछिल्लो २४ घन्टामा मात्र दुई हजार १४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । पछिल्लो समय एकै दिनमा हस्पिटल भर्ना हुनेको संख्या यो नै सबैभन्दा बढी हो । हाल एक हजार पाँच सयभन्दा बढी कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)