अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार नाघ्यो
lokpath.com · Thu Apr 23 17:54:22 UTC 2020
काठमाडौं । संयुक्त राज्य अमेरिकामा यो समाचार तयार पार्दासम्म कोरोनाको कारण ४८ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ । भने आज मात्र १७ हजार ४ सय ३१ जना नयाँ संक्रमित फेला रहेका परेका छन् ।
आज मात्र अमेरिकामा १२ सय ९ जनाको मृत्यु भएको छ । साथै हालसम्म विश्वकै सबैभन्दा धेरै ८ लाख ६६ हजार १ सय ४८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै कोरोनाको कारण अमेरिकामा १४ हजार ३ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)