महानगरीय अपराध महाशाखाको सर्वसाधारणलाई अनुरोध
ratopati.com
काठमाडौं । प्रहरीले पछिल्ला दिन महंगो मूल्यका सामानहरु अत्यन्त सस्तोमा पाइने भन्दै गरिने विज्ञापनहरुबाट सतर्क रहन आग्रह गरेको छ । महानगरीय अपराध महाशाखाले आज एक सूचना प्रकाशित गरी त्यस्तो विज्ञापनमार्फत ग्राहकहरुलाई बैंक खाताहरुमा पैसा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकोले सतर्क रहन आग्रह गरेको हो ।
नेपाल होलसेल लगायतका नाममा खुलेका फेसबुक पेजमा आइफोन, ओनप्लस र अन्य ब्रान्डका मोबाइल, घडी र अन्य महंगो मूल्यका सामानहरु सस्ता मूल्यमा बिक्री गरिने विज्ञापन गरी बैंकमा पैसा जम्मा गर्ने गिरोह सक्रिय भएको जनाउँदै सो गिरोहका केही व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)