कोरोना विश्व अपडेट : यस्तो छ महामारीको पछिल्लो अवस्था (ताजा विवरणसहित)
lokpath.com · Sat Aug 08 18:10:14 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख २६ हजार ९ सय ९४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ९६ लाख ९९ हजार ७ सय ६१ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट १ करोड २६ लाख ३९ हजार ५ सय २९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ९ सय २२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ६४ हजार ५ सय ३३ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २३ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ५१ लाख १८ हजार ६ सय ३० पुगेको छ । हालसम्म २६ लाख २० हजार १ सय २४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १८ हजार ४९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ४ सय ३९ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)