दैलेखमा कर्णाली नदीमा खस्यो मिनीबस
onlinekhabar.com · Thu Jul 02 07:49:22 GMT 2026

१८ असार, काठमाडौं । दैलेखमा मिनीबस कर्णाली नदीमा खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ स्थित कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।
प्रहरीका अनुसार गाडी सडकबाट ४०० मिटर तल खसेको छ । घटनास्थलबाट एक जनालाई अचेत अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अन्य यात्रुको अवस्था अज्ञात छ । गाडीको कति जना सवार थिए भन्ने पनि खुलेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ