जारी बन्दाबन्दी र देशको आर्थिकस्थिती
livemandu.com · Sun May 17 18:11:46 UTC 2020
निरन्तर जारी ‘लकडाउन’ (बन्दाबन्दी) गत वैशाख २५ गते समाप्त हुने भनिएको थियो । र सोही अनुसार लामो समयदेखि कायम रहँदै आएको बन्द खुल्ने अपेक्षा गरिएको थियो । तर स्थिति अपेक्षा गरिएभन्दा ठ्याक्कै विपरीत हुन पुगेको छ । नेपाल सरकारले बन्द अवधि पुनः थप गरेको छ । यो बन्दको स्थितिलाई सरकारले निरन्तरता दिएको छ । जारी रहँदै आएको बन्दबारे आजै सम्पन्न मन्त्रिपरिषद्को बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय सरकारले गरेको छ । ताजा अपडेट अनुसार हालसम्म २९५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमण कै कारण एक सुत्केरी महिला तथा अर्का एक जना पुरुष समेत गरी २ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट विश्वमा सर्वाधिक प्रभावित मुलुक संयुक्त राज्य अमेरिकाले, जहाँ अहिलेसम्म ७४ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ, अर्थतन्त्रलाई क्रमिकरूपमा खोल्दैछ । सम्पूर्ण बन्दको स्थितिबाट बाहिर आउँदै छ । हुनत अमेरिकामा कोरोनाको सङ्क्रमण आरम्भ भएपछि, अर्थतन्त्रलाई व्यवस्थित किसिमले बन्द गरिएको थियो, पूर्णरूपमा बन्द गरिएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)