चौतर्फी विरोधपछि वडाध्यक्षकी आमा क्वारेन्टाइन फिर्ता
pahilopost.com · Sat May 09 18:11:41 UTC 2020
लुम्बिनी : रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा जबर्जस्ती घर पुर्याइएकी महिलालाई पुनः क्वारेन्टाइनमै राखिएको छ। वडा नम्बर १ का अध्यक्ष शिवकुमार यादवले शुक्रवार क्वारेन्टाइनबाट आमालाई जबर्जस्ती घर पुर्याएपछि चौतर्फी विरोध भएको थियो।
तीन दिनअघि भारतबाट आएर मर्चवारको भैसागाहनमा रहेको क्वारेन्टाइनमा रहेकी ४८ वर्षीया सावित्री यादवलाई कर्मचारीले नमान्दा नमान्दै अध्यक्ष यादवले घरमा लगेका थिए। भारतबाट लुकीछिपी घरमै आएर बसेकी सावित्रीलाई स्थानीयको विरोधपछि भैसागाहन क्वारेन्टाइनमा राखिएको थियो। शुक्रवार दिउँसो दलबलसहित वडाध्यक्ष यादवले क्वारेन्टाइनबाट निकालेर लगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)