वीरगंजमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि ‘मास टेस्टिङ’ शुरु
pahilopost.com · Sun Jul 26 17:38:21 UTC 2020
वीरगंज : वीरगंजमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि अनिश्चितकालिन निषेधाज्ञासँगै आइतवारबाट परीक्षणलाई समेत तीव्रता दिइएको छ। आइतवार नारायणी अस्पताल वीरगंजमा कन्ट्याक्ट ट्रेसिङको आधारमा संक्रमितका परिवार तथा सम्पर्कमा आएका व्यक्तिहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको छ।
यता वीरगंजको माईस्थानमा स्थानीय प्रशासनले र रानीघाटस्थित रेल्वे स्कूलमा वीरगंज महानगरपालिकाले छुट्टाछुटै शिविर खडा गरी पीसीआर परिक्षणका लागि स्याब संकलन गरेका छन्। वीरगंजको माईस्थानमा स्थानीय प्रहरी प्रशासनले सञ्चालन गरेको शिविरमा आइतवार १५० र वीरगंज राधेमाईमा १०९ गरी जिल्ला प्रशासन कार्यालय पर्साले स्वास्थ्य कर्यालय पर्सासँग समन्वयमा कुल २५९ जनाको स्वाब संकलन गरेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)