स्याङजामा जिप दुर्घटना, एकको मृत्यु
karobardaily.com
स्याङ्जाको वालिङमा गए राति जिप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१३ बाँयटारीबाट वडा नं. १२ को सिर्सेकोट मैदानको लागि छुटेको ग १ ज ७४७१ नम्बरको जिप वालिङ नगरपालिका–१२ को लामपातेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा जिपका सह–चालक १४ वर्षीय सुदीप गुरुङको घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका वालिङ नगरपालिका नं. १२ का ३० वर्षीया तीलकुमारी गुरुङ र ६५ वर्षीया तीलकुमारी थापाको पोखरामा उपचार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)