हिमाली/उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि मौसमबारे जानकारी लिन अनुरोध
baahrakhari.com · Sun Oct 26 17:08:40 GMT 2025

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने पूर्वसूचना एवं अलर्टबारे जानकारी लिन अनुरोध गरेको छ । प्राधिकरणले आइतबार सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।
हाल पर्यटन सिजन चलिरहेको र ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पर्वतारोहण, पदयात्रा लगायतका उद्देश्यले उच्च पहाडी तथा हिमाली क्षेत्रको यात्रामा निस्किरहेको सन्दर्भमा प्राधिकरणले सो अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)