प्रदेश २ मा जसपाको बैठक: एक व्यक्ति एक पदको अवधारणामा छलफल
ratopati.com
जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेस समिति बैठकमा पार्टीभित्र एक व्यक्ति, एक पदको अवधारणामाथि व्यापक छलफल भइरहेको छ । आइतबार जनकपुरधाममा पार्टी सङ्गठन सुदृढीकरण र जनजागरण अभियान अन्तर्गत समीक्षा गर्ने क्रममा एक व्यक्ति, एक पदको अवधारणामाथि छलफल भइरहेको बैठकमा सहभागी नेताहरूले जानकारी दिएका हुन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको बैठकमा तत्कालीन राजपा र तत्कालीन समाजवादी पार्टीका नेता तथा कार्यकर्ताको समायोजन, नयाँ तथा पुराना नेता तथा कार्यकर्ताको व्यवस्थापन र सङ्गठन मोडालिटी बारे पनि छलफल भएको केन्द्रीय सदस्य तथा पूर्व आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)