नरैनापुरका ५९ सङ्क्रमितको नेपालगन्ज र खजुरामा उपचार
baahrakhari.com · Tue May 19 18:00:00 UTC 2020
बाँके । बाँकेको नरैनापुरमा सोमबार एकैदिन भेटिएका ५९ कोरोना सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा राखेर उपचार सेवा प्रदान गरिने भएको छ ।
ती सङ्क्रमितमध्ये नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा तयार गरिएको आइसोलेशन वार्डमा २५ र खजुराको क्यान्सर अस्पतालमा ३४ जनालाई राखेर उपचार सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)