वैशाखमा चुनाव गराउन नसक्ने निर्वाचन आयोगको निष्कर्ष
hamrakura.com · Tue Jan 26 17:36:00 UTC 2021
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पौष ५ गते संसद विघठन गरेर वैशाख १७ गते र २७ गते आम निर्वाचनको मिति तोकेपनि त्यस समयमा निर्वाचन आयोगले निर्वाचन गराउन नसक्ने जनाउ दिएको छ । सर्वोच्च अदालतमा मुद्धा विचाराधीन अवस्थामा रहेको र त्यहाँबाट फैसला ढिलो भए आयोगलाई समय अभाव भएको भन्दै सरकारले तोकेको समयमा निर्वाचन गराउन नसक्ने जनाउ दिएको हो ।
सरकारी उच्च स्रोतले दिएको जानकारी अनुसार आयोगलाई निर्वाचन तयारीका लागि ९० दिनको समय आवश्यक पर्ने भएकाले सर्वोच्च अदालतबाट मुद्धा समयमा फैसला नहुँदा समय अभाव देखिएको जनाएको छ । ‘आयोगमा पदाधिकारीहरुले अनौपचारिक रुपमा अदालतको फैसला ढिलो आएमा निर्वाचन समयमा गर्न सकिदैन भन्ने संकेत प्रधानमन्त्री ओलीलाई गराएका छन्’, उच्च सरकारी स्रोतले जानकारी दियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)