आज जबरासँग पूरक प्रश्न, शनिबार प्रतिवेदन
nayapatrikadaily.com · Fri Sep 16 00:30:00 GMT 2022
महाभियोग सिफारिस समितिले शुक्रबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक प्रश्न गर्न बिहान ९ बजे बैठक बोलाएको छ । जबराको बयानमा जोडिएका कानुन व्यवसायीसँग बिहीबार बयान लिएको समितिले साथसाथै प्रतिवेदन लेखन पनि अगाडि बढाएको छ ।
महाभियोगमा जोडिएको सम्पत्तिसम्बन्धी विषयमा समितिले न्यायपरिषद्बाट जबराको सम्पत्ति विवरण झिकाएको छ । शुक्रबार साँझसम्म प्रतिवेदन तयार पारेर शनिबार प्रतिनिधिसभामा पेस गरिने समिति सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)