हैदराबादसँग दिल्ली पराजित
dcnepal.com · Tue Sep 29 18:06:06 UTC 2020
काठमाडौं । आइपीएलमा सन्दीप आबद्ध टिम दिल्ली क्यापिटल्सले पहिलो हार ब्यहोरेको छ। अबु धावीमा आज भएको खेलमा सनराजर्सस हैदरावादसँग दिल्ली १५ रनले पराजित भएको हो। हैदरावादले दिएको १६३ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २०ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएको थियो। हैदरावादका लागि जोनी बेयरस्टोले ५३ रन बनाए। यस्तै डेभिड वार्नरले ४५ तथा केन विलियम्सनले ४१ रन बनाए। दिल्लीका कागिसो रबाडा र अमित मिश्राले २–२ विकेट लिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)