कार्की मन्त्रिपरिषद् विस्तार विवादमा : सिफारिस पात्रको पृष्ठभूमि बेवास्ता
nepalviews.com · Sun Oct 26 17:32:28 GMT 2025

काठमाडौं । असोज ५ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा डा संगीता मिश्रालाई स्वास्थ्यमन्त्री सिफारिस गरिएको पत्र पुग्यो । मिश्राविरूद्ध स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन थियो । अख्तियारमा उनको मुद्दाबारेको खबर सञ्चारमाध्यममा छ्यापछ्याप्ति भएपछि असोज ६ गते उनको नाम मन्त्रीको सूचीबाट हटाइयो ।
कात्तिक ९ गते यस्तै प्रकरण दोहोरियो । अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री नियुक्तिको तयारी गरेकी थिइन् । सञ्चारमाध्यमले प्रहरीमा उनीविरूद्ध आपराधिक प्रकरणका उजुरी र अदालतको मानहानीका मुद्दाबारे खबर सम्प्रेषण गरेसँगै कार्की सुनारलाई मन्त्री बनाउने तयारीबाट पछि हटिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)