वालिङमा ढिस्कोले पुरिएर एकजनाको निधन, दुई घाईते
hamrakura.com · Tue Sep 29 17:39:00 UTC 2020
स्याङ्जा। स्याङ्जाको वालिङ ११ पेखुमा माटोको ढिस्कोले पुरिएर एक जनाको निधन भएको छ भने दुई जना घाईते भएका छन् । गिट्टी निकाल्न गएका स्थानीय तिन जना मध्ये माटोको ढिस्कोले पुरिएर घाईते भएका तिन जना मध्ये एक जनाको उपचारका क्रममा निधन भएको छ भने दुई जना घाईते भएका हुन् ।
ढिस्कोले पुरिएर वालिङ ११ बर्ष ३९ का दुर्गा थापाको निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । सोही वडाका बर्ष ३५ मुना थापा र बर्ष ३१ नारायणी सिंजाली घाईते भएका थिए । उनीहरुको वालिङ स्थित प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको ११ का वडा अध्यक्ष बसन्तकुमार मल्लले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)