१० औं दिनमा 'जेरी अन टप'ले कमायो १२ करोड
ekantipur.com · Sun Oct 26 17:43:58 GMT 2025

काठमाडौँ — असोज ३१ बाट प्रदर्शनमा आएको फिल्म 'जेरी अन टप'ले प्रदर्शनको दशौं दिन १२ करोडको व्यापार गरेको छ । अनमोल केसी अभिनीत यो फिल्मले नेपाल र विदेश प्रदर्शनबाट यो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।
निर्माण पक्षका अनुसार फिल्मले प्रदर्शनको नवौं दिन एकैपटक १ करोडमाथिको व्यापार गरेको थियो । निर्माता सरोज न्यौपानेका अनुसार फिल्मले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँको व्यापार गरेको हो । फिल्मले प्रदर्शनको दोस्रो सातामा पनि हाउसफूल दर्शक प्राप्त गर्दा निर्माण टोली दंग देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)