तपाईंका बालबालिकाको मिर्गौला त ठीक छ ?
shilapatra.com · Thu Mar 09 00:40:52 GMT 2023
विश्व मिर्गौला दिवस ‘स्वस्थ मिर्गौला सबैका लागि- अनपेक्षित समस्याका लागि तयारी, संवेदनशीलहरूप्रति जिम्मेवारी’ भन्ने मूल नाराका साथ मनाइँदैछ । नेपाललगायत विश्वभर मिर्गौला रोग बढ्दो समस्याका रूपमा आएको छ । हरेक देशमा कुल जनसंख्याको औसत करिब १० प्रतिशत व्यक्तिहरू कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित भएको तथ्यांक छ । यस हिसाबले नेपालमा करिब ३० लाख व्यक्तिमा मिर्गौलासम्बन्धी विभिन्न रोग लागेको र ३ लाख व्यक्तिमा मिर्गौला रोगको समस्या जटिल रूपमा रहेको अनुमान सम्बन्धित विज्ञहरूको छ ।
युवायुवती तथा वृद्धवृद्धालाई मात्र लाग्ने रोग भनेर मिर्गौला रोगलाई बुझिए पनि धेरै बालबालिकाहरूलाई मिर्गौला रोगले प्रभावित पारेको छ । नेपालको कुल जनसंख्याको करिब ४५ प्रतिशत बालबालिका छन् । समयमा मिर्गौलाको हेरचाहमा ध्यान नपुर्याउँदा धेरै बालबालिकाहरूको अल्पायुमै ज्यान गुमेको छ भने कति जना कालान्तरसम्म यस रोगको समस्या लिएर बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)