प्रचण्ड निवासमा ओली पाहुना लाग्नुको अन्तर्य
nepallive.com · Sat Dec 19 17:11:00 UTC 2020
काठमाडौं - शनिबार बिहान अकस्मात् प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पाहुना लाग्न पुगे। अध्यक्षद्वयबीचका हरेक भेट बालुवाटारमै भइरहेको समयमा ओलीले बाहिर कदम राख्नुका अनेक राजनीतिक अर्थ छन्। त्यसमध्ये सिधा देखिने र बुझिने अर्थ छ, पछिल्लो समय पार्टीमा रहेको शक्ति संघर्षमा ओली पहिलभन्दा कमजोर हुँदै गएका छन्। उनकै कदम र निर्णयले उनलाई अप्ठ्यारोमा ठाउँमा ल्याइपुर्याएको छ। त्यो परिस्थिति बदल्न कोसिस गरेका हुन्।
अर्को उनले आफू अझै 'अखडा'मा रहन शारीरिक रूपमा पनि कमजोर नरहेको सन्देश प्रवाह गरेका छन्। भोलिका दिनमा पार्टी तलमाथि भइहालेको अवस्थामा 'मैले प्रयास गरेको थिएँ' भन्ने बाटो पनि राखेका छन्। आम कार्यकर्तामाझ आफू पार्टीको पछिल्लो अवस्थाका विषयमा गम्भीर रहेको सन्देश प्रवाह गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)