म बिल्कुल ठिक छु: भारतीय गृहमन्त्री शाह
ratopati.com
एजेन्सी । कोरोना भाइरसको महामारी फैलिरहेका बेला सामाजिक सञ्जालमा आफ्नो बारेमा विभिन्न अफवाह फैलिएपछि भारतीय गृहमन्त्री अमित शाहले मुख खोलेका छन् । उनले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफु र आफ्नो स्वास्थ्य बिल्कुल ठिक रहेको बताएका छन् । पछिल्ला केही दिनयता उनको स्वास्थ्यका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलिएको थियो ।
गृहमन्त्री शाहले ट्वीटरमार्फत आफु बिल्कुल ठिक रहेको बताएका छन् । उनले केही दिनदेखि सामाजिक सञ्जालमा आफ्नो स्वास्थ्यको बारेमा लाखौ पार्टी कार्यकर्तादेखि जनता सम्मले चिन्ता व्यक्त गरेको भन्दै आफनो स्वास्थ्ये ठिक रहेको र कुनै चिन्ता नलिन आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)