पिँडालुखेतीप्रतिको मोह बढ्दो
baahrakhari.com · Mon Jun 08 18:00:00 UTC 2020
कञ्चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने राना थारु समुदायको पिँडालुखेतीप्रतिको मोह जारी रहेको छ । ती समुदायको खेतबारीमा सहजैरुपमा देखिने तरकारी बालीमा पिँडालु हो ।
ती समुदायले पुर्खौंदेखि सो खेती लगाउँदै आएका छन् । पौष्टिकताले भरिपूर्ण पिँडालुको तरकारी ती समुदायले अधिक रुचाउने गर्दछन् । घुमन्तेयुगदेखि हालसम्म निरन्तररुपमा ती समुदायले खेती गर्दै आएको तरकारी बालीका रुपमा पिँडालु रहेको छ । पिँडालुको पात, काण्ड र गानो तरकारीका रुपमा प्रयोग हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)