बंकरबाट गभर्नरहरुलाई ट्रम्पको निर्देशन,' प्रदर्शनकारीहरु प्रति आक्रमक हुनु नत्र तिमीहरु मुर्ख हुनेछौ'
pahilopost.com · Mon Jun 01 18:08:34 UTC 2020
अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन हिंसात्मक भइरहेको छ। प्रहरीले नियन्त्रण लिने क्रममा जर्ज फ्लोइडको मृत्यु भएको घटना सार्वजनिक भएपछि अमेरिकाका धेरै राज्यहरुमा विरोध प्रदर्शन भइरहेको छ। अश्वेत नागरिक नागरिकमाथि प्रहरीको दमनका कारण पहिला पनि यस्ता सार्वजिन भएका थिए। यसपटक भने फ्लोइडको मृत्युले अमेरिकामा प्रदर्शन उग्र बन्दै गइरहेको छ।
आन्दोलनका क्रममा प्रहरी चौकी र गाडीमाथि आक्रमण हुनुका साथै धेरै स्थानमा आगजनी र लुटपाट समेत भए। रंगभेदविरुद्धको आन्दोलनमा सडकमा उत्रेका सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीसँगको मुठभेडमा केहीको मृत्यु भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)