महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्त, पसल नखोलिदिन गोदावरी नगरपालिकाको आग्रह
dcnepal.com · Mon Oct 05 17:33:50 UTC 2020
काठमाडौं। महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्। नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्कोको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइरहेका थिए। “आज मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ”, मेडिकल कलेजबाट घरजाने तयारीमा रहेका प्रमुख श्रेष्ठले भने, “चिकित्सकले आवश्यक औषधि लेखेर एक हप्ता होम आइसोलेसनमा बस्न सुझाव दिनुभएको छ । त्यसपछि पनि चिकित्सकसँग छलफल गरेर मात्र घरबाहिर निस्कनेछु ।” अब केही दिन आफूले घरबाटै नगरपालिकाका सम्पूर्ण काम सञ्चालन गर्ने उनले बताए।
गत भदौ ३० गते प्रमुख श्रेष्ठ र उनकी श्रीमती अञ्जिका श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनकी श्रीमती अञ्जिका श्रेष्ठलाई यही असोज १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)