बाइडेनले चुनाव जितिसके: सभामुख पेलोसी
annapurnapost.com · Fri Nov 06 22:49:00 UTC 2020
वासिंटन : अमेरिकी सभामुख नान्सी पेलोसीले जो बाइडेन विजयी भएको बताएकी छन् । मतगणना सकिनै लाग्दा डेमोक्रेटिक नेत्री पेलोसीले यस्तो घोषणा गरेकी हुन् ।
तर आधिकारिक रुपमा आएका सूचना अनुसार मतगणना अन्तिम चरणमा पुगेको र जो बाइडेन जितनजिक पुगेको बताइएको छ । 'यो बिहान यो कुराको स्पष्ट भइसकेको छ कि बाइडेन र ह्यारिसले ह्वाइटहाउसमा जित्दैछन्,' पेलोसीले भनिन् । चुनाव जिताउन निर्णायक राज्य मानिएको पेन्सिल्भेनियाको गणनामा बाइडेनले जितेपछि अब उनले नै चुनाव जित्ने पक्कापक्की भएको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)