गाजालाई अनिकालबाट बच्न पर्याप्त खाद्यान्न सहायता चाहिन्छ : यूएनआरडब्लूए
baahrakhari.com · Sun Jun 02 17:40:00 UTC 2024

कायरो । गाजामा रहेको प्यालेस्टिन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको राहत तथा कार्य निकाय (यूएनआरडब्लूए)का एक अधिकारीले आइतबार घेरामा परेका प्यालेस्टिनी एन्क्लेभका मानिसहरूलाई भोकमरीबाट बच्न पर्याप्त खाद्यान्न सहायता आवश्यक रहेको बताएका छन् ।
“गाजाको सीमा क्षेत्रमा कुनै सुरक्षित क्षेत्र छैन र मानवीय संकट झन् जटिल हुँदै गइरहेको छ”, गाजामा यूएनआरडब्लूएका कार्यवाहक सार्वजनिक सूचना अधिकारी इनास हमदानले इजिप्टको सरकारी अल–काहेरा न्यूज टेलिभिजन नेटवर्कसँगको कायरोमा प्रत्यक्ष अन्तर्वार्तामा भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)