सांसदलाई सुनको औंठी !
ekantipur.com · Mon Jul 04 00:59:54 GMT 2022
राजविराज — निर्वाचन क्षेत्र विकास कार्यक्रम र प्रदेश मन्त्रालयबाट बजेट दिलाइदिने सांसदसहित ६ जनाले उपहारमा सुनको औंठी लिएका छन् । सप्तरीको राजविराजस्थित सामुदायिक संस्था साह सेवा सदनले भवन निर्माणका लागि बजेट दिलाउन भूमिका खेलेको भन्दै दुई प्रदेश सांसदसहित ६ जनालाई महँगो उपहार दिएको हो ।
प्रदेश सांसद मनीषकुमार सुमन र नेत्रविक्रम साहसहित ६ जनाले सुनको औंठी उपहार पाएका हुन् । साह सेवा सदनको धर्मशालाको पहिलो तला उद्घाटनका अवसरमा प्रदेश सांसदद्वय सुमन र साहसहित आयोजक संस्थाका अध्यक्ष दुर्गाप्रसाद साह, संस्थापक अध्यक्ष रामचन्द्र साह, तेली कल्याण समाजका केन्द्रीय अध्यक्ष शैलेन्द्रकुमार साह र पूर्वसांसद जगदीश साहलाई औंठी उपहार दिँदै सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)