मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुरे तथा वन जोगाउन माग गर्दै प्रदर्शन [तस्बिरहरु]

ekantipur.com · Sun Jun 02 17:37:30 UTC 2024

काठमाडौँ — चुरे तथा वन जंगल संरक्षणका लागि आह्वान गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । चुरे तथा वन जंगल संरक्षण अभियानको टोलीले आइतबार काठमाडौंको बानेश्वर क्षेत्रमा मुखमा कालोपट्टी लगाएर र हातमा 'लापता’ लेखेको प्रमुख नेताहरुको फोटो सहितको ब्यानर लिएर सांकेतिक प्रदर्शन गरेको हो । टोलीमा २३ दिनसम्म पैदल हिँडेर सप्तरीदेखि काठमाडौं आइपुगेका २२ जना छन् ।

चुरे तथा वन जंगल संरक्षणका लागि सरकारको ध्यानाकर्षण गराउँदै उनीहरुले भारदहदेखि चितवन हुँदै काठमाडौंसम्म पैदलयात्रा गरेका थिए । जेठ १० काठमाडौं आइपुगेका उनीहरुले त्यसयता काठमाडौंमा पनि निरन्तर धर्ना र प्रदर्शन गर्दै आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)