चितवनमा ५२ केजी गाँजा सहित तीनजना पक्राउ
abhiyandaily.com
भदौ ६, चितवन । चितवनमा ५२ केजी गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादि जिल्ला थाक्रे गाउँपालिका वडा नम्बर ३ का इन्द्र बहादुर तामाङ, सोही ठाउँ बस्ने दोर्जे तामाङ र भरतपुर महानगरपालिका वडा नम्बर २४ का पदम बहादुर तामाङ रहेका छन् ।
शनिबार बिहान सवा ९ बजे इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरी टोलीले भरतपुर महानगरपालिका वडा नम्बर १९ बाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)