मलेसियामा अलपत्र श्रमिक नेपाल फर्काइँदै
nayapatrikadaily.com · Wed Jan 11 00:53:00 GMT 2023
मलेसियामा अलपत्र र बन्धक रहेका नेपाली कामदारमध्ये दुईजना मंगलबार बिहान नेपाल फर्किएका छन् । उनीहरू हिमालय एयरलाइन्समार्फत बिहान ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । मलेसियास्थित नेपाली दूतावासले मंगलबार ६ जना कामदार नेपाल फर्कने बताए पनि दुईजना मात्रै फर्किएका छन् ।
म्यानपावर कम्पनीको पहलमा ६ जना कामदारका लागि हवाई टिकटसहित मंगलबार नेपाल फर्काउने तयारी दूतावासले गरेको थियो । तर, तीनजनाको चेकआउट मेमो तयार नभएका कारण फर्कन नपाएको म्यानपावर कम्पनीले जनाएको छ । बाँकी तीनजनामध्ये एकजनाले अरू साथीहरूसँगै नेपाल फर्कने अडान लिएपछि दुईजना मात्रै आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)