सीपीएल : सन्दीपको किफायती बलिङ
annapurnapost.com · Tue Sep 01 22:52:00 UTC 2020
ट्रिनीडाड : क्याराबिन प्रिमियर लिग(सीपीएल)को यस सिजनको सातौं खेलमा सन्दीपले निकै राम्रो बलिङ गरेका छन्। सन्दीप आवद्ध टोली जमैकाले ट्रिवागो नाइट राइडर्ससँग प्रतिस्पर्धा गरिरहेको छ। सन्दीपले ४ ओभर बलिङ गर्दा २० रन दिएर १विकेट लिएका छन्।
ब्रायन लारा क्रिकेट मैदान भएको खेलमा जमैकाले टस जितेर बलिङ रोजेको थियो पहिले ब्याटिङ गरेको ट्रिबागोले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो। ट्रिबागोबा लागि न्युजिल्याण्डका ब्याट्सम्या कोलिन मुन्रोले सर्वाधिक ६५ रन बनाए। कस्तान समे रहेका कारन पोलार्डले ३३, सुनिल नारिनले २९, लमन्डी सिमोन्सले २५ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)