फ्याक्ट चेकः हावामा उड्दै आएर महिलासँग ठोक्किएका अटो ड्राइभरको भिडियोको वास्तविकता
livemandu.com · Fri Jul 31 17:24:50 UTC 2020
भारत । दक्षिण भारतको बेंगलुरूमा सडक पेटीमा हिंडिरहेकी एक महिलासँग हावामा उड्दै आएर बेजोड टक्कर दिएको सिसिटिभी फूटेल सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । उक्त टक्कर पश्चात महिला रक्ताम्मे सडकमा ढलेकी थिइन् । घटना यति डरलाग्दो थियो की महिलाको टाउको र गर्दन गरी ५२ वटा सर्जिकल टाँका लागेको छ ।
उक्त भिडियोमा सुरुमा त मिश्रित प्रतिक्रियाहरु आएका थिए । जसमा अधिकांशले भिडियोसँग छेडछाड गरी भिज्वल इफेक्ट तथा एनिमेशनको सहायताले तयार पारिएको हो जस्ता कुराहरु आइरहेका थिए । हामीले यस भिडियोका सम्बन्धमा भारतको बेंगलुरूस्थित ‘Amrutha Orthopedic Centre’ मा कार्यरत नेपाली युवा फिजियोथेरापि डाक्टर प्रमोद कपारीसँग कुराकानी गर्यौं र साँझ प्राप्त जानकारी अनुसार भिडियो वास्तविक हो जसमा कुनैपनि किसिमको भिज्वल इफेक्ट अथवा एनिमेशनको प्रयोग गरिएको छैन । यस सम्बन्धमा बेंगलुरूका स्थानीय मेडियाहरुले समेत पुष्टि गरिसकेको कुरा जानकारी गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)