सौर्य एयरलाइन्सको विमान दुर्घटनामा बाँचेका पाइलट शाक्य डिस्चार्ज
ratopati.com · Thu Aug 01 17:18:00 UTC 2024

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेर गम्भीर घाइते भएका पाइलट मनीषरत्न शाक्य बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो ।
शाक्यको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पताल श्रोतले रातोपाटीलाई जानकारी दिएको छ । साउन ९ गते त्रिभुवन विमानस्थलबाट मर्मतका लागि पोखरा उड्ने क्रममा विमान दुर्घटना भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)