सरकारको समर्थन गर्दै सिमरामा प्रदर्शन
annapurnapost.com · Wed Jul 08 23:01:00 UTC 2020
सिमरा : स्थायी सरकारको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा विद्यार्थीले बाराको सिमरामा प्रदर्शन गरेका छन् । नेकपा नेतृत्वमा पछिल्लो समय देखिएको विवादले मुलुक समृद्धितर्फ अघि नबढने भन्दै विद्यार्थीले स्थायी सरकारको पक्षमा प्रदर्शन गरेका हुन् ।
सिमरा चोकमा भेला भएका नेकपाका नेता कार्यकर्ताले पार्टी नेतृत्वमा पछिल्लो समय देखिएको विवाद तत्काल अन्त्य गर्न माग गरेका छन् । ‘नेकपासँग जनताले ठूलो आशा राखेका छन् । वर्तमान सरकारले पनि मुलुकको समृद्धिलाई प्राथमिकतामा राखेको छ’, कार्यक्रम संयोजक त्रिलोक विक्रम शाहले भने, ‘तर अहिले पार्टी भित्र देखिएको विवादले जनतामा निराशा पैदा गरेको छ । त्यसैले पार्टी नेतृत्वमा एकता अहिलेको आवश्यकता हो।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)