भारतीय विदेशसचिव नेपाल आउँदै
ratopati.com
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मानार्थ महारथी पदवी थापेर फर्किएलगत्तै भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । विदेशसचिव श्रृंगला आगामी नोभेम्बर २६ र २७ तारिकमा नेपाल भ्रमणमा आउने भएका हुन् । स्थल सेनाध्यक्ष नरवणे नेपाल आउनु केही दिनअघि मात्रै भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए ।
विदेश सचिव श्रृंगलाको भ्रमण भारतीय उच्च अधिकारीहरुले पछिल्लो महिना लगातार गरेको तेश्रो ठूलो भ्रमण हुनेछ । नेपाल र भारतबीच लामो समयदेखि रोकिएको परराष्ट्रसचिवस्तरीय वार्ताका लागि विदेशसचिव श्रृंगला नेपाल भ्रमणमा आउन लाग्नुभएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)