१३ सय वस्तु आयातमा कडाइ
ekantipur.com · Thu Feb 10 00:55:52 GMT 2022
काठमाडौँ — नेपाल राष्ट्र बैंकले थप करिब १३ सय वस्तुको आयात कडाइ गर्ने नीति ल्याएको छ । ४७ वर्गअन्तर्गतका करिब १३ सय वस्तु आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा मूल्यको ५० देखि शतप्रतिशतसम्म रकम (मार्जिन) जम्मा गर्नुपर्ने व्यवस्थामार्फत राष्ट्र बैंकले ती वस्तुको आयातमा कडाइ गरेको हो । उक्त व्यवस्था कार्यान्वयका लागि बुधबार राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । यसअघि २० वर्गअन्तर्गतका करिब साढे तीन सय वस्तु आयातका लागि खोलिने एलसीमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त व्यवस्थापछि ती वस्तुको आयातमा कमी आएको छ ।
पछिल्ला महिनामा शोधनान्तर घाटा बढ्दै गएको र विदेशी विनिमय सञ्चिति उच्च दरले घट्न थालेपछि नियन्त्रणका लागि भन्दै राष्ट्र बैंकले थप ४७ वर्गअन्तर्गतका वस्तुको आयात गर्नुअघि पनि नगद मौज्दात राख्नुपर्ने व्यवस्था गरेको राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले जानकारी दिए । तुलनात्मक रूपमा अर्थतन्त्रमा कम योगदान पुगेको र अत्यावश्यकबाहेकका वस्तु छनोट गरी नगद मार्जिनको व्यवस्था गरिएको उनले बताए । ‘ती वस्तु नभए पनि हाम्रो दैनिकी रोकिँदैन,’ उनले भने, ‘अर्थतन्त्रमा ती वस्तुको योगदान कम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)